Logo

११ वैशाख,पचगावाँ । विद्यार्थी भर्ना अभियान अन्तर्गत आज घरदैलो कार्यक्रम पटेर्वासुगौलीमा सम्पन्न भएको छ । श्री गादिमाई आधारभूत विद्यालय पटेर्वासुगौली गाउँपालिका वडा नं.३ पश्चिम देकुली, पर्सा बाट शिक्षक÷अभिभावक र विद्यालय व्यवस्थापन समितिको पदाधिकारीद्वारा अभिभावकको घर–घरमा गई ३५ जना बालबालिकालाई स्कुलमा भर्ना गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम देवी चौधरीले बताउनुभयो ।

शिक्षाबाट वन्चित रहेका, विद्यालयमा नाम दर्ता नभएको र विद्यालय पढने उमेरका दलित, आदिवासी, मुस्लिम अन्य गरी ३५ जनालाई स्कुल भर्ना गरिएको हो । विशेष गरी गरिवीको कारण विद्यालय पढ्ने उमेर समूहका बालबालिका गाईवस्तु चराउने, बाख्रा चराउने, घाँस काट्न जाने÷खेतमा काम गर्ने आमा/वुवा लाई खाना लिएर खेतमा जाने गरेको साथै आर्थिक अभावले कापी/कलम/विद्यालय पोशाक कपडा, ब्याग झोला जस्ता सामग्रीको कारणले बालबालिका विद्यालय जान नसकेको अनुसन्धानमा देखिएको विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रकली देवीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले गरिव जेहेन्दार विपन्न बालबालिकालाई छुट्टै प्रकारको सुविधाको प्रदान गरियो भने विद्यालयमा छात्राछात्र नियमित आउने छन् । कार्यक्रममा बोल्दै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले आजको आवश्यकता सबैलाई शिक्षा भएकोले शिक्षकको साथसाथै अभिभावकहरु पनी जिम्मेवार हुन जरुरी रहेको बताउनुभयो ।

प्राथमिक तहमा वालबालिका अबोध हुने भएकाले र शिक्षामा उनीहरुको आकर्षण बढाउन स्कुलमा मात्रै नभई अभिभावकले आ–आफना वालवालिकालाई घरमा अध्ययन गराउनुपर्नेमा उहाँको जोड छ । वडा नं.३ का वडाध्यक्ष माधव प्रसाद राउत थारुको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।


सम्बन्धित समाचार