Logo

१२ वैशाख,जनकपुर। जनकपुर उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट एक जनालाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको छ । १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित बिदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ ।

यसैबीच महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित दसगजा नजिकबाट एक पनि हजारको दरको १ थान नक्कली नोटसहित धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 


सम्बन्धित समाचार