Logo

१३ वैशाख,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको कार्यालयमा बुधबार उपमेयर रुबी कुमारी ठाकुरले छड्के अनुगमन गरेकी छन् । अनुगमनका क्रममा उपमेयर ठाकुरले कार्यालय समयमा कार्यालयमा अनुपस्थित रहेका १५ जना कर्मचारीको हाजीरी काटेकी छन् ।

आज बिहान कार्यालय समयमा विभिन्न शाखा र फाँटमा पुगेर ठाकुरले अनुगमन गर्दा १५ जना कर्मचारीहरु अनुपथित रहेको पाइएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत कौशलेन्द्रको रोहबारमा ती कर्मचारीको हाजीरी काट्न लगाएकी हुन् ।

उपमेयर ठाकुरले कर्मचारीहरु कार्यालय समयमा नआउने प्रवृति बढेको गुनासो आएपछि बुधबार आफुले अनुगमन गरेको बताइन् ।


सम्बन्धित समाचार