Logo

३१ वैशाख, वीरगञ्ज । हाम्रो समाज कतातिर जांदैछ अचेल ? कुरा हामीे २१ औं शताब्दीको गर्छौ तर के काम र ब्यवहार पनि हामी लागु गरेका छौं ? हामी सभ्य र सुन्दर समाज निमार्णका कुरा गर्छौ । हाम्रो समाज जहाँ धेरै कुराहरुलाई बर्जित गरेको छ । जसमध्ये बहु विवाह पनि एक हो । हामीले बेला बेलामा हाम्रै गाँउ घरमा यस्ता घटनाहरु घटेका देखेका छौ । यस्ता कुसंस्कारलाई हामीले समाज बाटै हटाउनुपर्छ भन्ने नाराहरु घन्काउनेहरुको पनि यहाँ कुनै कमी छैन ।

नेता हुन वा मन्त्री हरेकले आफुले निशुल्क बाँडने् भाषणहरुमा महिलालाई बिशिष्ट स्थान दिंदै निकै गुणगान गाउने गरेका छन । तर यी सबै कुराहरु भाषण मै सिमित भएको पाउछौ हामी र यस्को ज्वलन्त उदाहरण बनेकी छिन पर्साको सखुवा प्रसौनी गाँउपालीका २ की एक महिला ।
जो सानो जानकारीको अभावमा बर्षौ सम्म यातना भोग्न सहन बाध्य भईन । के नारी भएपछि यातना सहनैपर्ने हो र ? हरेक नियम किन नारीको लागी मात्रै बनाईन्छ ?के उस्लाई स्वतन्त्रभएर बाँच्न पाउने अधिकार छैन ? भन्ने प्रश्न उठ्छ उनको जिवनको भोगाइबाट ।

पर्सा जिल्लाको सखुवा प्रसौनी गाँउपालिका २ श्रीपुरकी सुनन्दा देवी जो श्रीमानले दोश्रो विवाह गरेपछि अहिले पिडामा छिन । सुनन्दा दुई सन्तानकी आमा हुन । २ सन्तान जन्मिसके पछि सुनन्दाका श्रीमानले दोश्रो विवाह गरी उनी माथी सौता ल्याए ।

तर गाँउकी सोझी साझी सुनन्दालाई बहुविवाह सम्बन्धी मुद्धा लाग्छ भनेर जानकारी नहुँदा उनले निक्कैनै पिडा भोग्नु परयो । दोश्रो विवाह गरेसंगै उनका श्रीमानले उनलाई अनेक किसिमका यातनाहरु दिन थाले।

एकातिर श्रीमानले सौता ल्याएको दुख त थिंदै थियो अर्को तिर खान लाउन र बालबच्चाको पालनपोषण गर्न पनिउनलाई निकै धौधौ पर्न थाल्यो।

त्यस माथी श्रीमानले आफनो नागरिकता नबनाई कान्छी श्रीमतीको नागरीकता बनाएर भए भरको जाय जेथा सौता कै नाममा गरिदिए पछि त उनी माथी बज्रपात नै खस्न पुग्यो ।

त्यसपछि कताजाने के गर्ने कस्लाई आफनो पिडा सुनाउने जस्ता कुराले सुनन्दा को मन दिन रात पिरोलिन थाल्यो । उनी मानसिक तनावमा पुगिन । पछि उनी परामर्श कर्ताकोमा पुगीन । परामर्श लिंदै जाने क्रममा उनले बहुविवाह सम्बन्धी मुद्धा पनि लाग्छ भनेर थाहा पाईन र न्यायको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पुगीन ।
परामर्शकर्ता र प्रहरीको सहयोगमा उनी जिल्ला अदालतको वैतडनी वकिलको सल्लाह लिइन । वकिलको सल्लाह अनुसार उनले बहुविवाह गरेको आरोपमा श्रीमान माथी मुद्धा दर्ता गराईन । मुद्धा अहिले बिचाराधिन अवस्थामा रहेकोले सुनन्दा माईती घरमै बसेर आफु र आफनो बच्चाको पालनपोषण गर्दैछिन ।

सुनन्दालाई बहुविवाहमा मुद्धापनि लाग्छ भनेर जानकारी नहुदा बिगत ६ बर्षसम्म उनले श्रीमान र सौताबाट धेरै यातना सहनु परेको थियो । तर अहिले जानकारी भएसंगै उनले न्याय प्राप्त गर्नको लागी साहस गरेकी छिन ।

यदि यसरी नै हरेक नारीले आफुमाथी भएको घरेलुहिंसा, बहुविवाह र यातनाको बिरुद्धमा आवाज उठाउने हो भने ढिलो चाँडो अवश्य हाम्रो समाजमा भएका यस्ता बिकृतीहरुलाई जरैबाट उखेल्न सकिन्छ । कुनैपनि परिवर्तन एक्लैको प्रयासले सम्भव नहुने गरेको सुनन्दा को भनाइ छ ।

मधेशको समाजमा सुनन्दाले सहने झैं समस्या धेरै छ तर चेतनाको अभावले महिलाहरु यस प्रकारका हिंसा सहन बाध्य छन ।


सम्बन्धित समाचार