Logo

५ जेठ, वीरगञ्ज । सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउने अभियान सञ्चालन गर्न वीरगञ्ज देखि काठमाडौं सम्मको पैदलयात्रा शुरु गरिएको छ । वीरगन्ज भन्सार अगाडी मितेरी पुलमुनिबाट सिर्सिया नदीको प्रदुषित पानी लिएर समाजिक अभियन्ताको एक समुह काडमाडौैं पैदलयात्रमा हिडेको छ ।

संघिय सरकारलाइ दबाब दिने उद्देश्यका साथ पर्सा, बारा, रौटहट, सिरहा, महोत्तरी र धनुषा लगायतका जिल्लाहरुबाट एकजुट भएका अभियन्ताहरु विहिवारसाँझ नदिको प्रदुषित पानी बोकेर काठमाडौं तर्फ हिडेका हुन् ।

विगत ५ वर्ष देखी चुरे तथा वन जंगल संरक्षणका निम्ति बारम्बार आवाज उठाउदै आएको अभियानका राष्ट्रय संयोजक सुनिल कुमार यादवले बताउनुभयो । सिर्सिया नदिलाइ प्रदुषणबाट मुक्त बनाउन दबाबमुलक अभियानको सुरुवात गरीएको उहाँले भनाई छ ।

छठ पुजा लगायत धार्मिक कार्य, घरायसी कार्य देखी लिएर कृषि कार्यमा समेत यस भेगका स्थानीयहरुले नदिको पानी प्रयोग गर्ने गरेका छन् । सफा र सुन्दर नदिलाइ यहाँका औद्योगिक कलकारखानाले उद्योगबाट निस्केको दुषित पानी नदिमा मिसाएर प्रदुषित गर्नेक्रम नरोकिएपछि सरकारलाइ दबाब दिन पैदल यात्र गरी काठमाडौ पुग्ने र त्यहाँ अन्य दबाबमुलक कार्यक्रमको आयोजना गरिने यादवले बताउनुभयो ।


सम्बन्धित समाचार