Logo

१७ जेठ, सेढवा । पर्साको जिराभवानी गाँउपालिकामा आज बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाँउपालिकाको आयोजना तथा यूरोपियन यूनियन र यूनिसेफको सहकार्यमा पोषण मैत्री स्थानीय शासन सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे हो ।

वडा नं ३ को वडा कार्यालयमा आयोजित कार्यक्रममा समूदायमा लक्षित वर्गलाई कुपोषणबाट ग्रसितलाई जोगाउन नेपाल सरकारका तीनै तक्षका सरकारको दायित्व भएकाले यस सम्बन्धि निति ल्याउन आवश्यक भएका जनाईएको छ । समाजमा महिला बालबालिकाहरु र किशोरी लक्षित वर्ग रहेकाले कुपोषिणबाट बचाउन पालिकाले आवश्यक निति तथा कार्यक्रम ल्याउन र कार्यन्वन गर्ने सम्बन्धि प्रशिक्षण गराईएको थियो ।

नेपाल सरकारले २०८७ साल सम्म नेपाललाई सपोषण देश घोषणा गर्नु पर्ने भएकाले अहिले देखि सम्बन्धित पालिकाका सम्बन्धित निकायले जिम्मेवार भएर काम गर्न आवश्यक रहेका प्रशिक्षकहरुले बताएका थिए ।हरेक स्थानीय तहका सात वटा निकायले प्रत्यक्ष रुपले जिम्मेदार भएकाले सकःरिय भएर काम गर्न तथा जनप्रतिनिधिहरुले आवश्यकता अनुरुप बजेट बिनियोजन गर्न प्रशिक्षकहरुले आग्रह गरे ।

 

गाउपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामशरण ख्वास, महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु लगायतका जनप्रतिनिधि तथा बिभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेका थिए। कार्यक्रममा यूनिसेफका पुरुषोतम आर्याल, शेर सिंह दहितले प्रशिक्षण दिएका थिए भने पालिकाका पोषण सहजकर्ता तपसी महराले सहजीकरण गरेका थिए ।


सम्बन्धित समाचार