Logo

२७ जेठ,वीरगञ्ज । वीरगञ्जको आर्दशनगरस्थित नगरसभा गृहमा आज जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतको प्रमुख आतिथ्यतामा वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना हुदैछ ।

पर्सामा विभिन्न राजनीतिक दलका नेता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने तयारीमा जुटेका छन् । संविधानसभाका पुर्व सदस्य करिमा बेगम, लोसपाका केन्द्रिय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सिपु तिवारी सहित हजारौको सख्यामा जनमत पार्टीमा प्रवेश गर्ने लागेको पर्सा जिल्ला संयोजक ओम प्रकाश सरार्फले बताउनु भयो ।

पार्टी प्रवेशकै विषयमा टुङगोे लगाउन गत १६ गते काठमाडौंस्थित जनमत पार्टीको केन्द्रिय जनसम्पर्क कार्यालयमा पार्टीका अध्यक्ष डा राउतसँग छलफल भएको थियोे ।

जनमत पार्टी पर्साका संयोजक सरार्फले कार्यक्रममा विभिन्न राजनीतिक दलका नाम चलेका नेताहरु पनि जनमत पार्टीमा प्रवेश गर्ने क्रममा रहेको बताउनु भयो । उहाँले आजको पार्टी प्रवेश कार्यक्रमले पर्साका अन्य राजनैतिक दलहरुमा ठूलो भुईच्या आउन सक्ने उनले दावी छ ।


सम्बन्धित समाचार