२२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारणको जानकारी पठाउन पनि शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।
“कक्षा ११ मा भर्ना गरिने विद्यार्थीलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ,” महानगरले भनेको छ, “काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९र०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या असार सान्तभित्र पठाउनुहुन सूचित गरिन्छ ।”
राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा बिहीबार प्रकाशन भइसकेको छ ।

















