Logo

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप एक साता लम्ब्याएको छ ।

यसअघि जेठ २१ गतेसम्म तोकिएको समयसीमा सकिएपछि पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिले यसलाई अन्तिम पटकका लागि जेठ २८ गते राति १२ बजेसम्म पुर्‍याएको हो । महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार, देशभर सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढेको र विभिन्न तल्लो तहका समितिहरूबाट समय अपुग भएको गुनासो आएकाले अवधि थपिएको हो ।

वैशाख १ गतेदेखि सुरु भएको यो अभियानमा बिहीबारसम्म करिब चार लाख सदस्यले आफ्नो विवरण अद्यावधिक गरिसकेका छन् । यद्यपि, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा यो प्रक्रियालाई लिएर मतभिन्नता देखिएको छ, पूर्वसभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला पक्षले भने यो अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गर्दै आएका छन् ।


सम्बन्धित समाचार