Logo

२४ साउन, पर्सागढि । पर्साको पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगमा आँखा पाक्ने प्रकोप ‘आई फ्लू’ को संक्रमण बढि मात्रामा देखा परेको छ । आँखा पाक्ने प्रकोप ‘आई फ्लू’ संक्रमण बढि ३ बर्ष देखि १२ बर्ष सम्मका बालबालिकामा फेला परेको हो ।

अहिले दिनँहु स्थानीय क्लिनिकहरुमा दर्जनौं बिरामी आँखा पाक्ने सक्रंमणका कारण उपचारका लागि आएने चिकित्सकहरुले बताएका छन् । पर्साको ग्रामीण भेगका सामुदायिक बिद्यालय वर्षे बिदाका कारण केहीदिन देखि बन्द रहे पनि निजी बिद्यालयमा पठनपाठन नियमित सञ्चालनमा रहेकाले निजी बिद्यालयमा अध्यनरत दर्जनौँ विद्यार्थीहरुमा विशेष यो संक्रमण देखिएको हो ।

यो रोग सरुवा भएकाले बढि भिडभाडमा रहनेहरुमा बढि देखिने चिकित्सकको भनाइ छ । पर्सागढि नगरपालिका वडा नं. ३ बडनिहारमा रहेको आँखा तथा दन्त अस्पतालका संचालक जितेन्द्र कुमार गिरिले अहिले दिनँहु बढि मात्रामा बालबालिकाहरु आँखा पाक्ने रोग प्रकोपको सिकार भई उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

उहाँले संक्रमितहरुमा आँखा चिलाउने, आँखाबाट आँसु आउने, आँखा सुनिने, कचेरा आउने लक्षणहरु देखा पर्ने बताउनुभयो । उहाँका अनुसार पाँचदेखि सात दिन भित्रमा यो निको हुन्छ ।

 


सम्बन्धित समाचार