Logo

७ मंसिर,काठमाडौं । भारतको नागरिक उड्डयन महानिर्देशनालय (डिजीसीए) ले यात्रु सुविधा सम्बन्धी नियमहरू पालना नगरेकोमा एयर इन्डियालाई १० लाख रुपैयाँ जरिवाना लगाएको छ।

नागरिक उड्डयन अनुगमन गर्ने निकाय डीजीसीएले यात्रुलाई आवश्यक सुविधा उपलब्ध गराउनेलगायतका अन्य नियमहरू पालना नगरेको भन्दै एयरलाइन्सलाई यो जरिवाना लगाएको हो ।

दिल्ली, कोच्चि र बेंगलुरु एयरपोर्टमा चेकजाँच पछि नियामकले एयर इन्डियाले नागरिक उड्डयन आवश्यकताहरू (सीएआर) को प्रावधानहरू पालना गरिरहेको छैन भनेको छ ।

यस सम्बन्धमा नोभेम्बर ३ मा एयर इन्डियालाई कारण देखाउ नोटिस जारी गरिएको थियो । बुधवार जारी एक विज्ञप्तिमा, डीजीसीएले भन्यो ‘एयर इन्डियाको प्रतिक्रियाको आधारमा, एयरलाइनले नियमहरू पालना नगरेको फेला पर्यो।’

यसमा उडान ढिलाइमा यात्रुहरूलाई होटेल उपलब्ध नगराउने, अन्तर्राष्ट्रिय यात्रुहरूलाई क्षतिपूर्ति नदिने र उनीहरूको ग्राउन्ड स्टाफलाई प्रशिक्षण नदिने आदि समावेश छन्।


सम्बन्धित समाचार