Logo

९ माघ,वीरगञ्ज । ३३ किलो सुन प्रकरणमा १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसुरमा अदालतमा मुद्दा दर्ता गरेको हो ।
प्रतिवादी २ खर्ब ८६ अर्व ४ करोड २५ लाख रुपैयाँ विगो माग दाबी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को रायसहितको प्रतिवेदनको आधारमा मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सुन तस्करी प्रकरणमा शरद भट्टराइ, वीरेन्द्र मगर, दीपक शर्मा, वाङदेन फुन्सोक लामा, रुदे तामाङ, रचना शर्मा, ओमकुमार श्रेष्ठ, विगल सिंह शर्मा र अंशु शर्मालाई प्रतिवादी बनाइएको छ ।


सम्बन्धित समाचार