Logo

९ माघ,वीरगञ्ज । प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेटमा विद्या सागर स्कुलले जित हात पारेको छ । उसले म्यारीगोल्ड स्कुललाई ४० रनले हराएको हो ।

आर्दशनगर खेल मैदानमा आज भएको खेलमा टस जितेर म्यारीगोल्डले बलिङ रोज्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विद्या सागर १२ ओभरमा ३ विकेटको क्षतीमा एकसय ९ रन बनायो ।

उसका लागि मोहताब आलम ३४ र शेख सोयबले २९ रन बनाए । बलिङमा आसिश पटेल र दिब्यान्सु सर्राफले समान १÷१ विकेट लिए । जवाफी ब्याटिङ गरेको म्यारीगोल्ड १० ओभरमै पूरै विकेट गुमाएर ६९ रनमै आउट भयो ।

म्यारीगोल्डका लागि मोहम्मद अजादले १८ रन र मोहम्मद मिराजले ११ रनको योग दिए । बलिङतर्फ जुनैद आलमले सर्वाधिक ५ विकेट लिए ।

यस्तै आकाश कुशवाहाले २ विकेट लिए । खेलमा जुनैद आलम म्यान अफ दि म्याच घोषित भए ।

 


सम्बन्धित समाचार