Logo

९ माघ,वीरगञ्ज । वीरगञ्जमा भइरहेको प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट टुर्नामेन्टमा सनलाइट माविले जितेको छ । सनलाइटले सिदार्थ माविलाई ९१ रनले पराजित गरेको हो ।

आर्दशनगर खेल मैदानमा आज भएको दोस्रो खेलमा सनलाइटले टस जितेर ब्याटिङ रोज्यो । उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा एकसय ६१ रन बनाएको हो । उसका लागि पवन कुशवाहाले ३४ रन बनाए ।

यस्तै रुपेश सर्राफले नटआउट हुँदै २७ रन जोडे । रचिन चौरसियाले २४ रन बनाए । बलिङमा युवराज श्रेष्ठले ३ विकेट लिए । भने हिमान्शु चौधरीले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको सिदार्थ १४.१ ओभरमा पूरै विकेट गुमाउँदै ७० रनमै समेटिएको हो । सिदार्थका लागि हेमन्त श्रेष्ठले सर्वाधिक १९ रन बनाए । बलिङतर्फ विनायक चौरसियाले सबैभन्दा धेरै ६ विकेट लिन सफल भए । यस्तै रोहित पटेलले २ विकेट लिए ।

खेलमा विनायक चौरसिया म्यान अफ दि म्याच भए ।


सम्बन्धित समाचार