Logo

९ माघ,जनकपुर । नवगठित आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीमा नातावाद र जातिवादमा टेकेर देश र जनताको अहित हुने गरि गतिविधि गर्दै आएको आरोप लगाउँदै दर्जनौँ नेता तथाकार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

आम जनता पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज दिपक राणाभाट, केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष तुलसी प्रसाद हुमगाई, केन्द्रीय सदस्य नारायण कार्कीलगायत विभिन्न तहका दर्जनौँ नेता तथा कार्यकर्ताले अध्यक्ष प्रभु साहमाथि परिवारवाद, नातावाद र जातिवादको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।

पार्टी परित्याग गरेकाहरुले पार्टीका अध्यक्ष साहले परिवारवादमा लागेर रौटहत जिल्लाको मौलापुरलाई राजनीति केन्द्रविन्दु बनाएर अन्य जिल्लाका पदाधिकारीहरुलाई उपेक्षित गर्ने र पार्टीको गतिविधिलाई अध्यक्षले मनोमानिरुपले कार्य सम्पादन गर्दै आउँदा यस किसिमको गतिविधिले देश र जनताको अहितमा देखिएकोले फरक मत राख्दै अलग भएको जनाएको छ ।

पार्टीमा फरक मत राख्दा आफुहरुलाई निषेध गर्दै गुटगत मानसिकतासहित पार्टी अध्यक्ष साहले एक्लौटीढंगले पार्टी संचालन गर्दा आफुहरुले देश र जनताको हित नहुने निष्कर्ष निकाल्दै पार्टी परित्याग गरेको नेता नारायण कार्कीले बताए ।

पार्टी परित्याग गर्नेहरुमा आजपा मधेस प्रदेशका कार्य समितिका सदस्यहरुमा सिताराम न्यौपाने, कालुमान लोप्चन, राजू लोप्चन, आजपा सर्लाही जिल्लाका उपाध्याक्ष सुरेश राय यादव, उपाध्याक्ष गंगा भण्डारी, सदस्यहरु हरि सापकोटा, सदस्य चन्द्र बहादुर बोटे, सिताराम मण्डललगायत ४१ जना विभिन्न जिल्लाका सदस्यहरु रहेका छन् ।

 


सम्बन्धित समाचार