Logo

२३ जेठ,वीरगञ्ज । पब्लिक फिटनेस सेन्टर वीरगञ्जको नवौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो ‘पुस अप’ प्रतियोगिता सम्पन्न भएको छ।

वीरगञ्जको लिंक रोडमा आयोजित प्रतियोगितामा सुमित पटेल प्रथम, धिरज साह द्वितीय र बर्मा यादव तृतीय भएका छन्। विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संघ र प्रदेश सरकार नपुगेका ठाउँमा स्थानीय सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। उनले शारीरिक अभ्यास स्वस्थ जीवनका लागि आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, खेलाडीहरू वेश आलम, सुजित यादव, अफताव आलम, खालिद हुसैन तथा अभिभावक मणिन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितासँगै वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका ६ जनालाई सम्मान पनि गरिएको थियो। क्लबमा निरन्तर योगदान दिने तथा सक्रिय सदस्यहरू विशाल यादव, सुमित पटेल, सन्ध्या चौधरी, कृष्ण साह, मणिन्द्रलाल श्रेष्ठ र देवेन्द्र यादवलाई सम्मान गरिएको हो।

पब्लिक फिटनेस सेन्टर वीरगञ्जका संचालक तथा प्रशिक्षक करण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनकी छोरी आहाना यादवले वार्षिक उत्सवको केक काटेकी थिइन्। कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए।


सम्बन्धित समाचार