Logo

९ माघ,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सशस्त्र प्रहरीलाई व्यवहारमा नरम भएर काम गर्ने निर्देशन दिएका छन् ।
२३ औं सशस्त्र प्रहरी दिवसको २०८० को अवसरमा आयोजीत संध्याकालीन कार्यक्रममा प्रजिअ भुसालले यस्तो निर्देशन दिएका हुन् ।

उनले भने,‘ सशस्त्र प्रहरी बलले आफ्नो हरेक गतिवधि व्यवहारमा मात्रै नरम भएर गर्नुपर्छ, तर मुद्दाको सवालमा भने गम्भीर भएर काम गर्नुपर्छ । ऐन कानुन भन्दा बाहिर गएर काम गर्ने कसैलाई पनि छुट छैन्, त्यसकारण तपाइहरुले त्यही परिधिभित्र रहेर जनताको सेवा गर्नुपर्छ ।’

पर्सामा सशस्त्र प्रहरीले गरेको कार्य प्रशंषा योग्य रहेको भन्दै नेतृत्वसहित सशस्त्र प्रहरी जवानलाई प्रजिअ भुसालले धन्यवादसमेत दिएका थिए ।

राजस्व, चोरी पैठारी, तस्करी जस्ता काम रोक्नमा अझ गम्भीर भएर लाग्न सशस्त्र प्रहरीलाई प्रजिअ भुसाल ठाडो निर्देशन दिए ।

सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजीत कार्यक्रममा भन्सार डिलाराम पन्थी, बीरगञ्ज उद्योग वाणिज्य सघंका अध्यक्ष अनिल पटवारी, पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्सा प्रहरीका एसपी कोमल शाह लगायतको सहभागिता थियो ।

यसैबीच सशस्त्र प्रहरीसहित सामाजिक सेवामा सहयोग पु¥याएको भन्दै बीगञ्जको प्रभु अस्पताललाई सम्मानित गरिएको छ । प्रजिअ भुसालले कदरपत्रसहित प्रमु अस्पतालका सञ्चालक लक्ष्मी थापालाई सम्मानित गरेका हुन् ।


सम्बन्धित समाचार