Logo

९ माघ,वीरगञ्ज । आम जनता पार्टी (आजपा) ले आह्वान गरेको ११ माघको बन्दलाई सफल बनाउन अपील गरेको छ ।

आजपा जिल्ला इन्चार्ज कदम रसुलले आज एक विज्ञप्ति जारी गर्दै ११ माघको बन्दलाई सफल पार्न सबैमा अनुरोध गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्,‘पार्टीको निर्णय अनुसार ११ माघमा मधेश बन्दको आह्वान गरिएको छ, देशभित्रको बेथितिविरुद्धको बन्द हो । त्यसकारण तपाईहरुले यसमा सहयोग गर्नुहोला ।’

सरकारसंग राखेको ५ बुँदै मागको सम्बोधन नभएपछि आजपाले मधेश बन्दको आह्वान गरेको हो ।
आजपाले आफ्नो मागहरुमा बैंकहरुले लिने गरेको मनोमानी ढंगले व्याज फिर्ता गराउन, लघुवित्त र सहकारीको सम्पूर्ण कर्जा माफ गराउनसहित ५ बुदे एजेण्डा राखेको छ ।


सम्बन्धित समाचार