Logo

फाइल तस्विर

९ माघ,जनकपुर । जनमत पार्टी मधेश सरकारबाट बाहिरएसंगै मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका छन् ।

सोमबार सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यासको क्रममा शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले विना जानकारी नै कार्यक्रम गरेको भन्दै विरोध गर्दा प्रहरीले उनीमाथि हातपात गरेको थियो ।

जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका मन्त्री महेशप्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका हुन् । जनमतका मन्त्रीद्वय महेशप्रसाद यादव र चन्दनकुमार सिंहले मुख्यमन्त्रीमाथि विभिन्न आरोप लगाउँदै राजिनामा दिएका छन् ।

यसअघि जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएको थियो ।
समर्थन फिर्ता लिएको र प्रदेश सरकारबाट बाहिरिएको पत्र मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रलाई बझाएको थियो ।

राजिनामा बुझाउने क्रममा उनले मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद्को बैठका कुनै छलफल नै गरि एकल पार्टीको निर्णय निजि सम्पती झैँ प्रदेश सरकारको कामकाज संचालन गर्ने गरेको आरोप लगाए ।

राजिनामा दिदैँ मन्त्री यादवले भने– ‘मुख्यमन्त्रीपरिषद्को प्रायः बैठक नै नबसी विना कुनै छलफलको एकल पार्टीको निजी सम्पत्ति झैँ सरकारको कामकारबाही चल्ने गरेको, आफ्नै मन्त्रालयमा समेत सम्बन्धित मन्त्रीलाई कुनै निर्णय गर्न नदिएको वा निर्णयहरूको जानकारी समेत नगराउने गरेको, कुनै पनि काम गर्ने वातावरण नबनाएको, सरकारको काम जनताको हितमा नहुने गरि पटक–पटक मन्त्रालय फुटाएको र यहाँसम्म कि आफ्ने मातहतको मधेश कृषि विश्वविद्यालयको शिलान्यासको विषयमासमेत जानकारी नदिएको तथा कार्यक्रम स्थलमा पुग्दा आफ्नै सरकारको निर्देशनमा मसहित मधेश प्रदेशका माननीयज्यूहरूमाथि लाठी चार्ज गर्न लगाई घाइते बनाएको जस्ता निन्दनीय तथा तानाशाही कदमहरू चालेको हुनाले आज मितिबाट जनमत पार्टीका मन्त्रीहरूले मधेश सरकारको मन्त्रीपरिषद्बाट राजीनामा दिनुका साथै मधेश सरकारवाट समर्थन समेत फिर्ता गरेको छ ।’


जनमतबाट शिक्षा तथा संस्कृति मन्त्री यादव, श्रम तथा यातायात मन्त्री चन्दन सिंह र कृषि तथा सहकारी राज्यमन्त्री संजय यादव थिए । मधेश प्रदेशमा जनमतका १३ सांसद छन् ।


सम्बन्धित समाचार