Logo

१० माघ,वीरगञ्ज । वीरगञ्जमा भइरहेको प्याब्सन नकआउट टी–२० क्रिकेट प्रतियोगितमा न्यु वेभ मावि बिजयी भएको छ । न्यू वेभले वीपीसीलाई ९ विकेटले हराएको हो ।

आदर्शनगर खेल मैदानमा आज  बिहान सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको बिपीसीले ६२ रनको सामान्य लक्ष्य पेश ग¥यो । उसले १० ओभर ३ विकेट गुमाएर ६२ रन बनाएको हो । उसका लागि आशिष कुमार साहले ३५ रन बनाए ।

यस्तै साचु प्रसाद रौनियारले ५ रन जोडे । बलिङमा रोहित साह र राज चौधरीले १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यू वेभले ७.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । न्यु वेभका लागि रोहित साहले १८ र विश्वाजित कुमार साहले १६ रन बनाए ।

खेलमा रोहित साह म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार