Logo

१० माघ,वीरगञ्ज । नेशनल इन्फोटेक क्रिकेट कपमा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु भएका छन् । आज नेशनल इन्फोटेक र हेटौँडा स्कुलबिचको सेमिफाइनल खेल भएको हो ।

आज भएको पहिलो सेमिफाइनल खेलबाट आयोजक नेशनल बिजयी भई फाइनलमा प्रवेश गरेको छ । नेशनलले हेटौँडा स्कुललाई ६५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नारायणी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर नेशनलले ब्याटिङ रोज्यो । उसले निर्धारित ओभरमा ६ विकेटको क्षतीमा एकसय ४० रन बनायो ।

नेशनलका लागि राहुल हकले सर्वाधिक ४५ रनको योग दिए । सफवान अलिले ३६ रन जोडे । यस्तै वासिम अलि मन्सुरीले १८ रन बनाए । बलिङमा प्रन्जल उपाध्यायले सर्वाधिक ४ विकेट लिए । राजा अहमद र विकेश बानिँयाले समान १÷१ विकेट लिए ।

एकसय ४१ रनको लक्ष्य पछ्याएको हेटौँडा ७५ रनमै अलआउट भयो । हेटौँडाले १६.४ ओभरमा पूरै विकेट गुमाएर ७५ रन बनाएको हो । खेलमा वासिम अलि मन्सुरीले नेशनलको सबैभन्दा बढि ५ विकेट लिन सफल भए । यस्तै अरवाज हुसेनले ३ विकेट र सलमान मन्सुरीले १ विकेट लिए ।

खेलमा वासिम अलि मन्सुरी म्यान अफ दि म्याच भए । उनलाई पर्सा क्रिकेट संघका पूर्व अध्यक्ष कृष्ण कन्हैयाले पुरस्कार वितरण गरेका थिए ।

यस्तै बिहिबार (भोली) हुने दोस्रो सेमिफाइनल खेलमा ग्लोबल बिजनेश कलेज र वीरगञ्ज पब्लिक कलेजबिच खेल हुनेछ । यो खेल बिहान ११ बजे नारायणी क्रिकेट रंगशालमा हुनेछ ।

भोली जित्ने टोलीले शनिबार फाइनल खेलमा आयोजक नेशनलसँग खेल्ने एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले बताए ।


सम्बन्धित समाचार