Logo

१० माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन नकआउट टी–२० क्रिकेट टुर्नामेन्टमा गोल्डेन फ्युचरले जित निकालेको छ । गोल्डेन फ्युचरले बिकन माविलाई ४ विकेटले पराजित गरेको हो ।

आर्दशनगर खेल मैदानमा आज सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको २० ओभरमा ५ विकेट गुमाएर एकसय १८ रनको योगफल तयार पारेको थियो । उसका लागि रेहान मज्जिदले नटआउट हुँदै ३३ रन बनाए । यस्तै प्रिन्स कुमार पटेलले २२ रन बनाए । बलिङमा आयान आलमले २ विकेट लिए । भने दामोदर प्रसाद थारुले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोल्डेन फ्युचर १८.५ ओभरमा ६ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको हो । खेलमा आर्दश यादव ३४ रन जोडे । दामोदर प्रसाद थारुले २४ रन बनाए । बलिङतर्फ साहिल पटेल २ र सोहेल मिँयाले १ विकेट लिए ।

खेलमा दामोदर प्रसाद थारु म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार