Logo

११ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट टुर्नामेन्टमा मुनलाइट माविले जितेको छ । मुनलाइटले ग्यान्डा एकेडेमीलाई ५ विकेटले हराएको हो ।

आर्दशनगर खेल मैदानमा आज बिहान सम्पन्न पहिलो खेलमा टस जितेर मुन लाइटले फिल्डिङ रोज्यो । टस हारेर पहिले ब्याटिङ गरेको ग्यान्दा १५ ओभरमा ६ विकेट गुमाएर एकसय २१ बनाएको हो । उसका लागि प्रियान्स सर्राफले अर्भसतक पार गर्दै ५९ रन बनाए । यस्तै कृष्ण सरार्फले १२ र आदिल अन्सारीले १० रन जोडे ।

बलिङमा मन्दिप चौरसियाले २ विकेट लिए । सिराज हवारी र राहुल सहनीले समान १/१ विकेट लिए ।

गयान्दाले दिएको लक्ष्य मुनलाइटले १९.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । मुनलाइटका लागि सिराज हवारीले ३७, ताहिद अन्सारीले २३ र अनुप कलवारले १८ रन जोड ।

बलिङतर्फ कृष्ण सरार्फले २ विकेट लिए । यस्तै खिल राज सर्राफ र आदिल अन्सारीले १/१ विकेट लिए ।

खेलमा सिराज हवारी म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित समाचार