Logo

११ माघ,नयाँ दिल्ली । अयोध्यामा भर्खरै खुलेको राम मन्दिरमा श्रद्धालुहरूको भिड लागिरहेको छ । सर्वसाधारणका लागि मन्दिरमा दर्शन खुला गरिएको दोस्रो दिन अर्थात् बुधवार साढे २ लाख भन्दा धेरै मानिसहरूले राम मन्दिरमा दर्शन गरेका थिए ।

यसैबिच पहिलो दिन मन्दिरमा आएको दानको तथ्यांक बाहिरिएको छ ।
मङ्गलवार श्रद्धालुहरूले मन्दिरमा ३ करोड १७ लाख भारु दान दिएका छन् । प्राण प्रतिष्ठापछि दानका लागि खोलिएको १० वटा काउन्टर र अनलाइन जनवरी २३ मा ३ करोड १७ लाख भारु बराबरको रकम दानबापत जम्मा भएको राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले बताएका हुन् ।

पहिलो दिन मन्दिरमा ५ लाख दर्शनार्थीहरुले दर्शन गरेका थिए ।

श्रद्धालुहरूको भिड थेगिनसक्नु भएपछि उत्तर प्रदेश सरकारले अति विशिष्ट पाहुनाहरूलाई अर्को १० दिनसम्म अयोध्या नआउन अनुरोध गरेको छ । प्राण प्रतिष्ठापछि बुुधबार बिहान ७ बजेदेखि १० बजेको बिचमा साढे २ लाखभन्दा धेरै भक्तहरूले मन्दिरको दर्शन गरेको राज्य सरकारको तर्फबाट जारी एक बयानमा जिल्लाका मजिस्ट्रेट नीतिश कुमारले भनेका छन् ।


सम्बन्धित समाचार