Logo

११ माघ,वीरगञ्ज । प्याब्सन जुनियर नकआउट फुटबल टुर्नामेन्ट–२०८० मा तिनखेल सम्पन्न भएका छन् । वीरगञ्जको विपत् व्यवस्थापन कार्यालय पर्सा नजिक रहेको खेल मैदानमा तीन खेल सम्पन्न भएका हुन् ।

बुधबार सम्पन्न खेलहरुमा खेलमा मनकामना, नवदिप र सनसाईन मावि बिजयी भएका छन् । बुधबारको पहिलो खेमा नवदिप एकेडेमीले ओम नेशनल एकेडेमीलाई ३–० गोलको अन्तरले हराएको हो ।

त्यस्तै दोस्रो खेलमा सनसाइन माविले ग्यान्दा एकेडेमीलाई १–० अन्तरले पराजित ग¥यो ।
त्यस्तै तेस्रो खेलमा मनकामना माविले जित निकालेको थियो । मनकामनाले गुरुकुल एकेडमीलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको खेल संयोजक शिव गुप्ताले जनाए ।

खेलमा प्रिन्स मगर, अखिलेश ठाकुर र सत्रुधन म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगितामा आजपनि तीन खेल हुदैँछन् ।
आज हुने खेलहरुमा सफल एकेडमी र गौतम मावि, लिटिल फ्लावर र बिकन मावि तथा आदर्श मावि र साउथ जोन मावि बिच हुने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार