Logo

११ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल इन्फोटेक टी–२० क्रिकेटको उपाधीका लागि नेशनल इन्फोटेक र ग्लोबल बिजनेश कलेज खेल्ने भएका छन् ।

नारायणी क्रिकेट रंगशालामा आज भएको सेमिफाइनल खेलमा ग्लोबलले बीपीसीलाई २८ रनले हराएर फाइनलमा स्थान बनाएको हो । टस जितेर ब्याटिङ गरेको ग्लोबलले निर्धारित ओभरमा पूरै विकेट गुमाएर एकसय १६ रन बनायो । उसका लागि रितिह पटेलले २६ र सिकेन्द्र साहले २२ रन बनाए ।

यस्तै साहिल सर्राफले १७ रन जोडे । बलिङमा जदुवंशी बैठाले ३ विकेट लिए । सन्दिप सिंहले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको बीपीसी ८८ रनमै समेटियो । बीपीसीले १८ ओभरमा पूरै विकेट गुमाएर ८८ रनमै आलआउट भएको हो । बीपीसीका लागि अफसर हुसेनले २५ रनको योग दिए ।

जदुवंशी बैठाले १४ र अरसद हुसेनले ११ रन जोडे । बलिङतर्फ विवेक यादवले ४ विकेट लिए । सुजल सर्राफले ३ विकेट र अनुज पटेलले २ विकेट लिए ।

खेलमा विवेक यादव म्यान अफ दि म्याच घोषित भएका छन् । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा जितेर आयोजक नेशनल फाइनलमा स्थान बनाइसकेको छ । उसले हेटौँडालाई ६५ रनले हराएको थियो ।

फाइनल खेल यहि शनिबार बिहान ११ बजे सुरु हुनेछ ।


सम्बन्धित समाचार