Logo

११ माघ,वीरगञ्ज । प्याब्सन नकआउट टि–२० क्रिकेटमा श्री आर्दश मावि ४३ रनले बिजयी भएको छ ।

श्रीआर्दशले मिनिल्याण्ड माविलाई ४३ रनले पछि पारेको हो । वीरगञ्जको आर्दशनगर खेल मैदानमा आज सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको श्रीआर्दशले २० ओभरमा ८ विकेट गुमाएर एकसय ३ रन बनायो ।

जवाफी ब्याटिङ गरेको मिनिल्याण्ड १०.४ ओभरमै पूरै विकेट गुमाएर ६० रनमै समेटियो । खेलमा प्रियान्सु कुमार कुर्मीे म्यान अफ दि म्याच भए ।


सम्बन्धित समाचार