Logo

१३ माघ,काठमाडौँ । यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ। हुथी समूहले बेलायती मालवाहक जहाजमा समेत आक्रमण गरेको छ ।

इजरायल–हमास युद्धपछि अदनको खाडीमा सक्रिय रहेको हुथी समूहले अमेरिका तथा बेलायतका मालवाहक जहाज लक्षित आक्रमण बढाएको हो। गएराति भएको हुथी आक्रमणमा बेलायती जहाजमा आगो लागेको छ। मानवीय क्षति भएको बारेका विवरण भने सार्वजनिक भएका छैनन्।

हुथीले पुनः युद्धपोतलाई नै निशाना बनाएर ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सैनिक हुथीविरुद्ध थप आक्रामक बन्ने अनुमान गरिएको छ। ह्वाइट हाउसका अधिकारी जोन किर्बीले हुथीविरुद्ध शक्तिशाली जवाफ दिने चेतावनी दिएका छन्। अमेरिका र बेलायतले यसअघि यमनको राजधानी सनामा हुथी समूहका हतियार भण्डारण, तालिम केन्द्रलगायतमा हवाइ आक्रामण गरिसकेका छन्।एजेन्सी

 


सम्बन्धित समाचार