Logo

१४ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट टुर्नामेन्टमा एमइएस मावि बिजयी भएको छ ।

एमइएसले जीवनज्योतीलाई ९ विकेटले हराएको हो । वीरगञ्जको आर्दशनगर खेल मैदानमा आज सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको जीवनज्योतीले १० ओभरमा ६ विकेटको क्षतीमा ५२ रनको सामान्य लक्ष्य बनायो ।

उसका लागि अनिश रौनियारले २६ रन बनाए । आदित्य गुप्ताले ६ रन जोडे । बलिङमा महम्मद जाकुल्लाहले २ विकेट लिन सफल भए । यस्तै अकिल अहम्मदले १ विकेट लिए ।

जीवनज्योतीको लक्ष्य एमइएसले ५.६ ओभरमै १ विकेट गुमाएर भेट्टायो । एमइएसका लागि महम्मद रिहान २३ रन फर्काए । इरफान समानी र अजाज खानले नटआउट रहदैँ क्रमश १२ र ११ रन बनाए । प्रकाश रौनियारले १ विकेटल लिए ।

खेलमा महम्मद जाकुल्लाह म्यान अफ दि म्याच भए ।


सम्बन्धित समाचार