Logo

१५ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन नकआउट टी–२० क्रिकेटमा आज पनि दुई खेल सम्पन्न भएका छन् । न्यू वेभ मावि र वीरगञ्ज एकेडेमी तथा गोल्डेन फ्युचर र श्री आर्दश माविबिचको खेल सम्पन्न भएको हो ।

वीरगञ्जको आर्दशनगर खेल मैदानमा सम्पन्न खेलहरुमा न्यू वेभ मावि र गोल्डेन फ्युचर मावि बिजयी भएका छन् । आज सम्पन्न दोस्रो खेलमा गोल्डेन फ्यूचरले श्री आर्दशलाई ८२ रनले हराएको हो । टस जितेर ब्याटिङ गरेको गोल्डेनले फ्युचरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा एकसय ४८ रन बनायो ।

जवाफी ब्याटिङ गरेको आर्दश १३.२ ओभरमा पूरै विकेट गुमाउँदै ६६ रनमै अलआउट भयो ।यस्तै आजै सम्पन्न पहिलो खेलमा न्यु वेभ माविले ४ विकेटले वीरगञ्ज एकेडेमीलाई पराजित गरेको थियो ।

टस जितेर न्यू वेभले फिल्डिङ रोज्यो ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वीरगञ्जले १० ओभरमा ६ विकेट गुमाउँदै ६७ रनको सामान्य लक्ष्य दियो । वीरगञ्जको लक्ष्य पछ्याएको न्यू वेभ ८.४ ओभरमै ६ विकेट गुमाउँदै भेट्टायो ।

आजको खेलमा विश्वजित साह र समिर अधिकारी म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित समाचार