Logo

१६ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी–२० क्रिकेटमा मास्कोट मावि ७० रनले बिजयी भएको छ । मास्कोट माविले हिमालयन पिरामिडलाई हराएको हो ।

आर्दशनगर खेल मैदानमा सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मास्कोटले एक सय ७८ रन बनायो । उसले १९.६ ओभरमा पूरै विकेट गुमाएर १७८ रन बनाएको हो । मास्कोटका लागि शेख अरमानले अर्धशतक कटाए । उनले ५७ रन बनाए । कुशल श्रेष्ठले ३७ रन जोडे । यस्तै विश्वास पटेल १३ रन हिर्काए ।

बलिङमा अर्जुन ठाकुर र विशाल दासले समान ३÷३ विकेट लिए । समि अन्सारीले १ विकेट लिए ।

मास्कोटको लक्ष्य पछ्याएको हिमालयन २० ओभरमा ६ विकेट गुमाएर एक सय ८ रनमै आउट भयो ।

रोसेज पौडलले नटआउट हुँदै २२ रन बनाए । यस्तै अरुण ठाकुरले २२ र आलोक कुमार साहले २१ रन जोडे । बलिङतर्फ लक्की शर्मा र शेख अरमान क्रमश ः २÷२ विकेट लिन सफल भए ।

खेलमा शेख अरमान म्यान अफ दि म्याच भए ।

 


सम्बन्धित समाचार