Logo

१६ माघ,काठमाडौं । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन्।

स्थानीय अग्नि सेवा विभागका अनुसार उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेसनको एउटा भण्डारमा आगलागी भएको हो। गोदाममा राखिएका गाडीमा आगलागी भएको हो।

ट्राफिक नियम उल्लंघन गरेको र दुर्घटनामा संलग्न रहेको भन्दै प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको गाडी जलेको बुझिएको छ। आगलागीको कारण भने खुलेको छैन। एजेन्सी

 


सम्बन्धित समाचार