Logo

१६ माघ,काठमाडौं। न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । सरूवा भएर २ दिनअघि मात्र पाटन उच्च अदालत पुगेका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन भएको हो।

मङ्गलवार बिहान ९ बजेतिर मरासिनीलाई स्वास्थ्यमा समस्या देखिएको थियो । त्यतिबेला उनी घरमै थिए । समस्या देखिएलगत्तै उनलाई अस्पताल पु¥याइएको थियो।

उपचारका क्रममा बिहान १० बजेको आसपासमा उनको निधन भएको हो । न्यायाधीश मरासिनी ५६ वर्षका थिए ।


सम्बन्धित समाचार