Logo

१६ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन टि–२० क्रिकेटमा मुनलाइट मावि बिजयी भएको छ । मुनलाइटले एसआर ग्यालेक्सीलाई एकसय १ रनको फराकिलो अन्तरले हराएको हो ।

वीरगञ्जको आर्दशनगर खेल मैदान सम्पन्न खेलमा टस जितेर एसआर ग्यालेक्सीले फिल्डिङ रोज्यो । टस हारेर ब्याटिङ गरेको मुनलाइटले निर्धारित ओभरमा ४ विकेटमा एकसय ६९ रन बनायो । उसका लागि ताहिद अन्सारीले नटआउट हुँदै अर्धशतक कटाए ।

उनले ५१ रन बनाएका हुन् । यस्तै सेराज हवारीले ४५ र अनुप कुवँरले ४४ रन बनाए । बलिङमा समिर अन्सारीले २ विकेट लिए । श्रीराम पटेल र राजन शर्माले १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एसआर १९.६ ओभरमा ९ विकेट गुमाउँदै ६८ रनमै समेटियो । एसआरका लागि राहुल चौहानले १२ र राजन शर्माले ७ रनको योग दिए । बलिङतर्फ सेराज हवारीले ३ विकेट लिए । यस्तै रोहन साहले १ विकेट लिए ।
खेलमा सेराज हवारी म्यान अफ दि म्याच भए ।

 


सम्बन्धित समाचार