Logo

१७ माघ,काठमाडौं । केरलाको एक अदालतले प्रतिबन्धित संगठन पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई) का १५ जना सदस्यलाई भाजपा नेताको हत्याको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ।

यी मानिसहरूलाई राज्यको अलेप्पी जिल्लामा भाजपाको ओबीसी मोर्चाका सचिव रञ्जित श्रीनिवासनको हत्या गरेको आरोप लगाइएको थियो। यो कुरा डिसेम्बर २०२१ को हो। रञ्जितको हत्यालाई २०२१ मा एसडीपीआइ सचिव केएस शानको हत्याको बदलाको रूपमा लिइएको थियो।

मावेलिक्कारा अतिरिक्त जिल्ला न्यायाधीश वीजी श्रीदेवीले हत्या, गैरकानूनी भेला, घर तोडफोड गर्ने मृत्युदण्ड हुनसक्ने अपराध गर्ने नियतले घरमा प्रवेश र धम्की दिने अपराधको अभियोगमा पहिलो आठ अभियुक्तहरूलाई सजाय सुनाएकी हुन् ।

अभियुक्त नम्बर ९ देखि १२ लाई हत्या र अवैध घर प्रवेश गरेको अभियोगमा सजाय सुनाइएको छ भने बाँकीलाई आपराधिक षड्यन्त्र गरेको अभियोगमा सजाय सुनाइएको छ ।

डिसेम्बर १९, २०२१ मा एलेप्पीमा श्रीनिवासमाथि धारिलो हतियारले आक्रमण गरी हत्या गरिएको थियो। बीजेपीका प्रवक्ता सन्दीप वाचस्पतीले बीबीसी हिन्दीलाई भने, “श्रीनिवासनलाई उनका दुई छोराछोरी, श्रीमती र दुई वृद्ध सदस्यहरूको अगाडि मारिएको थियो।”

उनले भने, “हामी यो निर्णयको पर्खाइमा थियौँ। यसले संविधान र न्याय प्रणालीप्रतिको विश्वास बढ्नेछ।”

अभियोजन पक्षका वकिल प्रताप जी पडिक्कलले बीबीसी हिन्दीलाई भने, “केरलामा हत्याका सबै अभियुक्तहरूलाई मृत्युदण्ड दिइनु कुनै नौलो कुरा होइन। हामीले यो ‘रेरेस्ट अफ रेयर’ केस भएको तर्क गरेका थियौं।”

सन् २०२२ मा केन्द्र सरकारले पपुलर फ्रन्ट अफ इन्डियामाथि पाँच वर्षको प्रतिबन्ध लगाएको थियो । केन्द्र सरकारले पीएफआईको आतंकवादी संगठन जमात–उल–मुजाहिदीन बंगलादेश र प्रतिबन्धित संगठन सिमीसँग सम्बन्ध रहेको दाबी गरेको छ।

 

 


सम्बन्धित समाचार