Logo

१७ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन टि–२० क्रिकेटमा गौतम माविले जितेको छ । गौतमले न्यू वेभलाई ५१ रनले पराजित गरेको हो ।

आर्दशनगर खेल मैदान आज बिहान भएको खेलमा टस जितेर न्यु वेभले फिल्डिङ रोज्यो । टस हारेर पहिले ब्याटिङ गरेको गौतमले २० ओभरमा ८ विकेट गुमाउँदै एकसय १० रन बनायो । जवाफी ब्याटिङ गरेको न्यु वेभ १९.२ ओभरमा पूरै विकेट गुमाएर ५९ रनमै अलआउट भयो ।

खेलमा अनुज ठाकुर म्यान अफ दि म्याच घोषित भए ।

 


सम्बन्धित समाचार