Logo

१८ माघ,वीरगञ्ज । वीरगञ्जमा भईरहेको प्याब्सन नकआउट टि –२० क्रिकेटमा साउथ जोन मावि बिजयी भएको छ । साउथ जोनले मुनलाइट माविलाई ३९ रनले पछि पारेको हो ।

आर्दशनगर खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको साउथ जोनले १९.४ ओभरमा पूरै विकेट गुमाउँदैँ एकसय ४५ रनको योग तयार ग¥यो ।

जवाफी ब्याटिङ गरेको मुनलाइट १८.२ ओभरमा सबै विकेट गुमाउँदै एकसय ६ रनमै अलआउट भएको हो ।

खेलमा समिर आलम म्याा अफ म्याच भए ।


सम्बन्धित समाचार