Logo

१९ माघ,काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि भएको सुपर सिक्सको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो । सुपर सिक्समा नेपालको यो अन्तिम खेल हो ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना सुपर सिक्सअघि नै सकिएको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा

पुगेको थियो । समूह चरणमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।


सम्बन्धित समाचार