Logo

१९ माघ,वीरगञ्ज । एमइएस मावि पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी– २० क्रिकेट टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा एमइएसले गौतम माविलाई २२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

वीरगञ्जको आर्दशनगर खेल मैदानमा टस जितेर एमइएसले ब्याटिङ रोज्यो । उसले निर्धारित ओभरमा ५ विकेटको क्षतीमा एकसय ३८ रन बनायो । एमइएसका लागि महम्मद रिहानले अर्धशतक कटाए । उनले ७ चौका र १ छक्काको मद्दतले ५१ रन बनाए ।

यस्तै इरफान समानीले २३ र वाहिद खानले नटआउट हुदैँ २२ रन जोडे । बलिङमा आदित्य कुशवाहाले २ विकेट लिए । अन्सु साह र वरदान यादवले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गौतम निर्धारित ओभरमा ६ विकेट गुमाउँदै एकसय १६ रनमै समेटियो । उसका लागि अन्सु साहले सर्वाधिक ५० रनको योग दिए ।
उनले ५ चौका र १ छक्काको मद्दतबाट ५० रन बनाएका हुन् । यस्तै आदित्य कुशवाहाले २२ रन बनाए । इमरान अन्सारीले सर्वाधिक ३ विकेट लिए । भने अरवाज अलिले १ विकेट लिन सफल भए ।

खेलमा महम्मद रिहान म्यान अफ दि म्याच घोषित भए ।
यस्तै अहिले जारी दोस्रो सेमिफाइनल खेलमा साउथ जोन मावि र मनकानमा मावि भिड्दैछन् । यो खेल जित्ने टोलीले फाइनलमा एमइएस माविको सामाना गर्नेछ । फाइनल खेल यहि शनिबार हुने आयोजकले जनायो ।

 


सम्बन्धित समाचार