Logo

१९ माघ,वीरगञ्ज । मनकामना मावि पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी– २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मनकामनाले ४ विकेटले साउथ जोनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । वीरगञ्जको आर्दशनगर खेल मैदानमा साउथ जोनले दिएको लक्ष्य मनकामनाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

त्यसअघि पहिले टस जितेर ब्याटिङ रोजेको साउथ जोनले १९.४ ओभरमा पूरै विकेट गुमाएर एकसय ३१ रन बनाएको थियो ।
खेलमा जय सर्राफ म्यान अफ म्याच भए ।

आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एमइएस माविले २२ रनले गौतम माविलाई हराएर फाइनलमा स्थान बनाइसकेको छ । अब प्याब्सन नकआउट टी २० को उपाधीका लागि एमइएस र मनकामना माविबिच प्रतिस्पर्धा हुदैँछ ।

फाइनल खेल शनिबार (भोली) हुनेछ ।


सम्बन्धित समाचार