Logo

१९ माघ,काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर सिक्स’ मा भारतले नेपाललाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायो । भारतका दुई जना खेलाडीले शतक बनाए । सचिन दासले १ सय १६ र कप्तान उदय शरन सय रन बनाएर आउट भए । नेपालका गुलसन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

‘सुपर सिक्स’ मा नेपालको यो अन्तिम खेल हो । ‘सुपर सिक्स’ को पहिलो खेलमा नेपाल बङ्ग्लादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालको सेमिफाइनल पुग्ने सम्भावना ‘सुपर सिक्स’ अघि नै सकिएको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल ‘सुपर सिक्स’ मा पुगेको थियो । नेपाल समूह चरणमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।


सम्बन्धित समाचार