Logo

२२ माघ,काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिकाको न्यु जर्सीमा हुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल तालिका सार्वजनिक गर्दै मेट लाइफ स्टेडियममा १९ जुलाईमा फाइनल हुने घोषणा गरेको हो।

फिफाले ४८ राष्ट्र सहभागी हुने सबै खेलको तालिका सार्वजनिक गरेको छ। मेक्सिको सिटीस्थित एज्टेका स्टेडियमले उद्घाटन खेल होस्ट गर्नेछ। ३२ बाट ४८ देशमा पु¥याइएको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुत रूपमा आयोजना गर्दै छन्। मेक्सिको तीन विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र हुनेछन्।

यसअघि १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो। अमेरिकाले १९९४ को विश्वकप आयोजना गर्दा क्यानडाको भने यो पहिलो पटक हो। अमेरिकाले आफ्नो पहिलो खेल १२ जुनमा लस एन्जलसमा खेल्नेछ।

क्यानडाले १२ जुनमा टरन्टोमा खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। मेक्सिकोले ११ जुनमा खेल्नेछ।

विश्वकप आयोजक राष्ट्रले समूह चरणका सबै खेल घरेलु मैदानमा नै खेल्नेछन्। क्वाटरफाइनल देखि भने विश्वकपका सबै खेल अमेरिकामा हुनेछन्।

२०२५ को अन्त्य सम्मा ड्र आउने फिफाले जनाएको। १६ शहरमा गरिने यो विश्वकपमा १ सय ४ खेल हुनेछन्। एजेन्सी


सम्बन्धित समाचार