Logo

२३ माघ,ठोरी । पर्साको ठोरी गाउँपालिकामा आजदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ज्ञानज्योति माध्यमिक विद्यालयको खेल मैदानमा आगामी बिहिबारसम्म सन्चालन हुने प्रतियोगितामा ठोरीका ६ वटा सामुदायिक माध्यमिक विद्यालयको सहभागिता छ ।

ठोरी गापाको आयोजनामा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति पर्साकी सदस्य सुशिला बिकले उद्घाटन गर्नुभयो । ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व उपाध्यक्ष ठाकुर प्रसाद न्यौपाने , काङ्ग्रेस ठोरी सभापति सन्तोष श्रेष्ठ, एमाले अध्यक्ष खगेन्द्र श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा एथ्लेटिक तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर तथा ३००० मिटर दौडमा छात्रा र छात्रले छुट्टाछुटै प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै फिल्डतर्फ हाइजम्प, लङ्जम्प, ट्रिपल जम्प, सटपुट तथा ज्याब्लिन थ्रोमा छात्रछात्राको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

भलिबल, कबड्डी एवम् रिले दौड पनि प्रतियोगितामा समावेश गरिएको छ ।

 

 


सम्बन्धित समाचार