Logo

२४ माघ,वीरगञ्ज । पर्सामा नेपाल कुस्ती संघ गठन गरिएको छ

। वीरगन्ज सिटी प्यालेसमा आज भएको खेलाडीहरूको भेलाले पिन्टु रौनियारको अध्यक्षतामा सात सदस्यीय नेपाल कुस्ती संघ पर्सा गठन गरिएको हो । संघका केन्द्रीय उपाध्यक्ष मूकेश साहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबाबु बैठाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा वाइसीयलका केन्द्रीय सदस्य गौरब संतोष पटेल, जिल्ला खेलकुद विकास समितिका रामनरेश यादव, खेलप्रेमी रमेश शाह लगायत ३४ जनाको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार