Logo

२४ माघ,वीरगञ्ज । मधेश प्रदेश सभाले जन्मकैदको फैसला भएको प्रदेश सभा सदस्य अभिराम शर्माको सबै खाले सुविधा रोक्ने निर्देशन दिएको छ ।

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका सदस्य शर्मालाई पदाधिकारी तथा सदस्यहरुलाई दिइने सबै सुविधाबाट रोक्ने निर्देशन दिएका छन् ।
प्रदेश सभाका लेखा शाखालाई माघ महिनादेखि नै प्रदेश सभा सदस्य शर्मालाई दिने सबै खाले सुविधा रोक्न लगाइएको सभामुखको मण्डलको भनाइ छ ।

उनले भने,‘शर्मामाथि जन्मकैदको फैसला भएको छ, त्यसकारण उनलाई दिइने सबै खाले सुविधा नदिने निचोडमा मधेश सभा पुग्यो । अनि माघ महिनादेखि नै सबै खाले सुविधामा रोक लगाइएको छ ।’

प्रदेश सभा सदस्य शर्मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता छन् । जिल्ला अदालतबाट महोत्तरीबाट प्रदेश सभाका सदस्य अभिराम शर्मालाई जन्मकैदको फैसला सुनाइएको छ ।

मधेश प्रदेश सभामा पदाधिकारी तथा सभाका सदस्यहरुले १३ प्रकारका सेवासुविधा पाउँदै आइरहेका छन् ।
महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले फैसला गर्दै जन्मकैदको फैसला गरेको हो ।

०७२ सालको २८ भदौंमा दोस्रो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा यही मंसिर २८ गते अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।


सम्बन्धित समाचार