Logo

१८ माघ, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको विष्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन्।

प्रान्तको पिसिन जिल्लामा एक राजनीतिक नेताको निर्वाचन कार्यालय नजिकै विष्फोट भएको जिल्लाका उपायुक्त पिसिन जुमादाद खान मण्डुखेलले स्थानीय सञ्चारमाध्यमलाई बताए।

विष्फोट लगत्तै उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो। विष्फोटको कारण अझै खुल्न सकेको छैन। आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। एजेन्सी

 


सम्बन्धित समाचार