Logo

२५ माघ,काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ को रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको हो।

२२४ रन बनाउने क्रममा नेपालले ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान दिए। त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४ बनाए।

ललित राजवंशी र सुर्य तामाङले क्रमश १ र १० रनमा नटआउट रहे। यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्नेछन्। नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।

 

 

 


सम्बन्धित समाचार