Logo

२५ माघ,वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा विद्यालय स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित पालिकाले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा पालिकाभरिका १४ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगीतामा भलिबल, ब्याडमिन्टन, दौड, म्युजिकल चियर, विस्कुट रेस, चम्चा रेश लगायतका रोमाञ्चक खेलहरु खेलाइएको थियो । प्रतियोगिताबाट प्रथम पुरस्कार, दोस्रो स्थान र तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा र गाउँपालिका शिक्षा प्रमुख कपिल लामिछानेले संयुक्त रुपमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो ।

 


सम्बन्धित समाचार