Logo

२५ माघ,वीरगञ्ज । वीरगञ्जमा आउदो शनिबारदेखि अल्पाईन क्रिकेट टी २० क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।बिहीबार टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक बिधालयले पत्रकार सम्मेलन गरि प्रतियोगिताको आयोजना गर्न गईरहेको जानकारी दिएको छ ।

वीरगञ्ज महानगरका १६ वटा निजी बिधालयहरुको सहभागितामा क्रिकेट टुर्नामेन्ट अगामी २७ गते शनिबारदेखि फागुन १९ गतेसम्म हुने आयोजक अल्पाईन माध्यमिक बिधालयका सञ्चालक एवम् प्रतियोगिताका सँयोजक बिनोद कुमार उपाध्यायले जानकारी दिए ।

प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता वीरगञ्जको नारायणी रँगशालामा आयोजना हुने उपाध्यायले बताए ।प्रतियोगिताको कुल लागत ६ लाख रहेको आयोजकले जानकारी दिएको छ ।पछिल्लो समय वीरगञ्जमा क्रिकेट प्रतियोगिताले तिब्रता पाएको छ ।


सम्बन्धित समाचार