Logo

२५माघ,ठोरी ।पर्साको ठोरी गाउँपालिकामा मङ्गलबारदेखि जारी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १३ स्वर्ण पदक प्राप्त गर्दै सरस्वती मावि ठोरीले राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । साविक विजेता समेत रहेको सो विद्यालयले प्रथम हुँदै नगद रु ३० हजार र शिल्ड प्राप्त गरेको हो ।

यस्तै ५ वटा स्वर्ण पदक हात पार्दै नेरामावि ओडार द्वितीय भएको छ भने मावि विजयवस्ती ४ स्वर्ण पदकको साथमा तेस्रो भएको छ । द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु २५ र २० हजार एवम् शिल्ड प्राप्त गरेका छन्। प्रतियोगितामा ठोरीका ६ वटा सामुदायिक माध्यमिक विद्यालयहरुको सहभागिता थियो ।

प्रतियोगितामा एथलेटिक्स तर्फ एकसय मिटर,२ सय मिटर दौड, ८ सय मिटर , १५ सय मिटर एवम् ३ हजार मिटर दौड तथा फिल्डतर्फ हाइजम्प, लङजम्प, सटफुट, त्रिपलजम्प लगायतका खेल समावेश गरिएका थिए । प्रतियोगिताका विजेताहरुलाई आज नै रनिङ शिल्ड समापन कार्यक्रममा शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।

सो समापन कार्यक्रमलाई सम्बोधन गर्दै ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले प्रत्येक विद्यालयमा खेलकुदको विकासका निमित्त पालिका जिम्मेवार भएर लाग्ने उद्घोष गर्नुभयो ।


सम्बन्धित समाचार